महाभारतका अनुसार यसरी शुरु भएको थियो श्राद्ध गर्ने परम्परा !

काठमाडौं । वेदमा रहेको पितृयज्ञलाई पुराणमा ब्याख्या गरियो र त्यसलाई श्राद्ध भन्न थालियो । तर पितृपक्ष आदिकाल देखि नै रहँदै आएको छ ।

जब पितृपक्षलाई पितृको श्राद्ध गर्ने परम्परामा बिस्तार हुन थाल्यो त्यो बेलादेखि आजसम्म पनि श्राद्ध गर्ने परम्परा त्यस्तै रहि आएको छ ।

श्राद्धको परम्परा आखिर कसले शुरु गरे त ? यसको प्रचलन कहिले प्रारम्भ भयो ? यो सम्बन्धमा विद्वानहरुको आ-आफ्नै मतभेद छ ।

तर महाभारतको अनुशासन पर्वमा एउटा कथामा श्राद्ध गर्ने परम्पराको उल्लेख गरिएको छ । यो पर्वमा भीष्म पितामहले युधिष्ठिरलाई श्राद्ध परम्पराको बारेमा ज्ञान दिएका छन् ।

महाभारतका अनुसार सबैभन्दा पहिला श्राद्धको उपदेश महर्षि निमीले अत्रि मुनिलाई दिएका थिए ।

महाभारतका अनुसार सबैभन्दा पहिला सबैभन्दा पहिला निमीले श्राद्ध गरेका थिए । त्यसपछि अन्य महर्षिहरुले पनि श्राद्ध गर्न थालेका थिए ।

निमीको उपदेश पछि श्राद्ध कर्मको प्रचलन प्रारम्भ भएको मानिन्छ । महाभारतको युद्धपछि कर्ण बाहेम अन्य मरेका सबै सेना तथा कौरव पक्षका दाजुभाईहरुको युधिष्ठिरले अन्तिम संस्कारका साथै श्राद्ध पनि गरेका थिए ।

श्रीकृष्णले कर्णको श्राद्ध नगरेको देखेपछि युधिष्ठिरलाई किन नगरेको भन्ने प्रश्न गरे । तब उनले कर्ण आफ्नो कुलको नभएको बताएका थिए ।

त्यहिबेला भगवान श्रीकृष्णले युधिष्ठिरलाई कर्ण उनकै दाजु भएको राज खोलेका थिए । पहिला पनि भगवान श्रीरामले पिता दशरथको श्राद्ध गरेका थिए ।

यो कुरा रामायणमा उल्लेख गरिएको छ । महाभारतको समय भन्दा पहिला पनि श्राद्ध गर्ने परम्परा रहेको यहाँबाट थाहा पाउँन सकन्छि ।

तर श्राद्धको परम्परा भने वैदिक कालदेखि नै जारी रहेको छ । वेदमा पनि देवता र पितृको स्तुति गरिएका मन्त्रहरु पाइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?