निर्भया बलात्कारपछि हत्या प्रकरण : राष्ट्रपतिद्वारा दोषीको क्षमा याचिका खारेज

काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले बुधवार २०१२ दिल्ली(प्रसिद्ध निर्भया सामूहिक बलात्कारपछि हत्या प्रकरणका चार दोषीमध्ये एक दोषीको क्षमा याचिका खारेज गरेका छन् ।

घटनाका दोषी अक्षय कुमार सिंहले फाँसीबाट राहत पाउनको लागि १ फेब्रुअरीमा राष्ट्रपतिसमक्ष क्षमा याचिका पेश गरेका थिए । दोषी मुकेश सिंह र विनय शर्माको दया याचिकालाई राष्ट्रपति कोविन्दले यसअघि नै खारेज गरिसकेका छन् । पवन गुप्ताले क्षमा याचिका पेश गरेका छैनन् ।

यसअघि बुधवार बिहान दिल्ली उच्च अदालतले निर्भया सामूहिक बलात्कार र हत्या प्रकरण सम्बन्धि केन्द्र सरकारको याचिका खारेज गरेको थियो । केन्द्र सरकारले दोषीहरुलाई छुट्टाछुट्टै फाँसी दिन माग गर्दै निवेदन दिएको थियो । तर उच्च अदालतले निर्भया प्रकरणका दोषीलाई छुट्टै फाँसी दिन नमिल्ने भन्दै निवेदन खारेज ग-यो ।

एजेन्सीका अनुसार अदालतले एक हप्ता पछि उनीहरूको विरूद्ध मृत्युदण्डको वारेन्ट चलाउन कारबाही चलाइनेछ। अदालतको यो फैसलासँगै अर्को हप्ता उनीहरु विरुद्ध दिइएको डेथ वारेन्ट कार्यान्वयन हुने भएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?