काठमाडौं । समाजबादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने काम हुनुनहुने बताएका छन् ।
बिहीबार अख्तियार दुरुपायोग अनुसन्धान आयोगले विशेष अदालतामा १ सय ७५ जना विरुद्ध मुद्दा दर्ता गराएपछि उनको यस्तो प्रतिकृया आएको हो ।
उनले ट्वीट गर्दे भनेका छन्– ‘मैले पनि असहजता महसूस गरेको छु । सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् ।’
भट्टराइले भनेका छन्–‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ।तर प्रथमदृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ।हाम्रा ऐन कानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ । मन्त्री दोषी तर प्रम निर्दोष देखिदा…’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया