काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले उक्त अवधिसम्ममा ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आवको तुलनामा ९ दशमलव ९३ प्रतिशतले बृद्धि गरेको छ । बैंकले अघिल्लो आवको यहि अवधिमा ४२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
हाल बैंकको कुल चुक्तापूँजी ४ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ रहेको छ । भने बैंकको जगेडा कोषमा ७९ करोड ९८ लाख रहेको बैंकले जनाएको छ । त्यस्तै शेयरधनिकोषमा ३६ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
बैंकका अनुसार आवको पुस मसान्तसम्ममा वितरणयोग्य नाफा ३४ करोड ३० लाख रुपैयाँ रहेको छ । भने शेयर प्रिमियममा ६ करोड ६० लाख रुपैयाँ रहेको छ ।
साथै बैंकले आवको यस समिक्षा अवधिसम्ममा आइपुग्दा ४८ अर्ब २३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । भने करिव ४५ अर्ब २० करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल भएको बैंकले जनाएको छ । साथै बैंकले यस अवधिमा १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ खुद व्याज कमाएको छ । यो गत आवको तुलनामा करिव १७ ककरोड १६ लाख हुन आउने तथ्यांकले देखाएको छ । हाल बैंकको सञ्चालन मुनाफा ६७ करोड ४९ लाख रुपैयाँ रहेको छ । यो गत आवको यहि अवधिको तुलनामा ५ करोड ३८ लाख रुपैयाँले बढि हुन आउँछ ।
बैंकको यस अवधिसम्ममा निष्क्रिय कर्जा बृद्धि भएको छ । हाल बैंकको निष्किृय कर्जा ० दशमलव ११ प्रतिशत रहेको छ , भने गत आवको यहि अवधिमा त्यस्तो कर्जा ० दशमलव ०५ प्रतिशत रहेको थियो । हाल बैंकको स्प्रेडदर ५ दशमलव ६६ प्रतिशत, आधारदर ११ दशमलव १८ प्रतिशत तथा कोषको लागत भने ८ दशमलव ६१ प्रतिशत रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया