भगवान श्री कृष्णका तीन माताहरुको रहस्य !

काठमाडौं । भगवान श्रीकृष्णको व्यक्तित्व रहस्यमयी छ । उनले गीताका रुपमा संसारलाई नै अमृतरुपी ज्ञान दिएका छन् । गीतामा धर्म,दर्शन अध्यात्मका सबै कुराहरु समाहित छन् ।

तर के तपाईलाई भगवान श्रीकृष्णका ३ माताहरुको बारेमा थाहा छ ? के को थिए ३ माताहरु ? जानकारी छैन भने आज हामी तपाईहरुलाई त्यसबारेमा जानकारी दिनेछौँ ।

१. देवकी

देवकी श्रीकृष्णलाई जन्म दिनेवाली माता हुन् । देवकी मथुराका राजा कंसका पिता महाराजा उग्रसेनका भाई देवककी छोरी थिइन् ।

उनलाई अदितिको अवतार पनि मान्ने गरिन्छ । उनको विवाह वसुदेवसँग भएको थियो । त्यसैले भगवान श्रीकृष्णलाई देवकी नन्दन तथा वासुदेव भन्ने गरिन्छ ।

२. रोहिणी

वसुदेवकी दोश्री पत्नी रोहिणी बलराम, एकांगा र सुभद्राकी माता थिइन् । उनले देवकीको सातौँ गर्भ ग्रहण गरेकी थिइन् । जसबाट बलरामको जन्म भएको थियो । भगवान श्रीकृष्णकी सौतेनी आमा रोहिणी नाग जातीकी थिइन् ।

३. यशोदा

माता यशोदा भगवान श्रीकृष्णकी न सौतेनी आमा थिइन् न त जन्म दिने आमा । तर उनले श्रीकृष्णको पालनपोषण गरेकी थिइन् ।

त्यसैले उनी जन्म दिने आमा र सौतेनी आमाभन्दा ठूली थिइन् । नन्दकी पत्नी यशोदाका पिताको नाम सुसुख र माताको नाम पाटला थियो ।

श्रीकृष्णका पिता वसुदेवका अरु पनि श्रीमतीहरु थिए । पौरवी,भद्रा,मदिरा,रोचना र इला यी सबै भगवान श्रीकृष्णका सौतेनी आमा थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?