महालक्ष्मी विकास बैंकको नाफा ५४ प्रतिशतले बृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिकमा विभिन्न बैंक तथा वित्तीय संस्थाले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसैक्रममा महालक्ष्मी विकास बैंकले आवको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आवको दोस्रो त्रैमासिकसम्म ३० करोड ५० लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको यहि अवधिमा करिव १९ करोड ९० लाख ३४ हजार नाफा आर्जन गरेको थियो । बैंकको तथ्यांक हेर्दा गत आवको तुलनामा नाफामा ५४ दशमलव ३६ प्रतिशतले बृद्धि गरेको छ ।

हाल बैंकको चुक्तापुँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार रहेको छ । भने जगेडा कोषमा १ अर्ब ४० करोड ८१ लाख ५७ हजार रहेको छ । भने बैंकको संचित कोषमा भने २१ करोड २६ लाख १९ हजार रहेको बैंकको तथ्यांकले देखाएको छ ।

बैंकले आवको पुस मसान्तसम्ममा ३५ अर्ब ७ करोड २७ लाख निक्षेप संकलन गरेको छ । भने गत आवको यहि अवधिमा बैंकले ३० अर्ब ५९ करोड ११ लाख निक्षेप संकलन गरेको थियो । भने बैंकले पुस मसान्तसम्ममा २९ अर्ब १८ करोड ६६ लाख कर्जा लगानी गरेको जनाएको छ ।

गत आवको तुलनामा बैंकको खराव कर्जाको अवस्थामा सुधार देखिएको छ । गत आवको यस अवधिमा बैंकको खराव कर्जाको अनुपात ४ दशमलव ४१ प्रतिशत रहेको थियो भने पुस मसान्तसम्ममा त्यस्तो दर घटेर २ दशमलव ७६ प्रतिशत कायम भएको छ ।

बैंकले पुस मसान्तसम्ममा ८० करोड खुद व्याज आम्दानी गर्न सफल भएको छ । गत आवको यहि अवधिमा बैंकको यस्तो आम्दानी ५२ करोड ५८ लाख मात्र व्याज आम्दानी गरेको थियो । हाल बैंकको सञ्चालन मुनाफा ८६ करोड ७९ लाख रहेको छ । भने यस अवधिमा बैंकको सञ्चालन मुनाफा ४२ करोड ७१ लाख रहेको तथ्यांकले देखाएको छ ।

हाल बैंकको सिसिडि रेसियो ७४ दशमलव ७९ प्रतिशत, स्प्रेड रेट ५ दशमलव ३३ प्रतिशत, आधार व्याजदर ११ दशमलव २३ प्रतिशत तथा पुँजीकोष अनुपात १२ दशमलव ५४ प्रतिशत रहेको बैंकले जनाएको छ । साथै बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८६ पैसा तथा प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात ९ दशमलव ७७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।  पुस मसान्तसम्ममा बैंकको खुद व्याज आम्दानी भने २७ दशमलव ८४ प्रतिशतले बृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?