घरमा बालबालिकाहरू स-सानो कुरामा एक आपसमा झगडा गर्दा फाइदाजनक हुन सक्छ । बाल्यकालमा आफ्ना दाजुभाई तथा दिदीबहिनीलाई दुःख दिएको, पिटेको, वा बिभिन्न प्रकारबाट झगडा गरेको सम्झिँदा हामीलाई रमाईलो लाग्छ ।
बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने यसले उनीहरूलाई रचनात्मक हुन मद्दत गर्ने गरेको एक अध्ययनबाट पत्ता लागेको छ ।
झगडा गर्नु आफैँमा नराम्रो मानिन्छ तर, बालबालिकाको सानोतिनो झगडाले उनीहरूको सिर्जनशीलतामा सहयोग गरिरहेको अध्ययनको ठहर छ ।
सानोबेला एउटा बच्चालाई चाहिने सामान अर्कोलाई पनि चाहिन्छ र उनीहरू बीच त्यहि सानो कुरामा झगडा पर्छ । बच्चाहरूले आफूले भन्दा ठूलोले गरेको देखेर धेरै कुरा सिक्ने, ज्ञान हाँसिल गर्ने तथा विभिन्न रचनात्मक काम पनि गरिरहेका हुन्छन् ।
सामान्य कुरामा भनाभन हुनु, कुट्नु, रुनु वा कराउने गर्दा बच्चाहरूले आफ्नो कुरा स्पष्टसँग राख्ने मौका पाउँछन् । साथै आफ्नो कमजोरी पनि औँल्याउने मौका पाउँछन् ।
बच्चाहरूको एक आपसको झगडाले बोल्नमा पनि सहयोग हुन्छ । उनीहरूले आफ्नो कुरा सही हो भनेर पुष्टि गर्ने हरेक प्रयत्न पनि गरिरहेका हुन्छन् ।
बच्चाहरू झगडा गर्दा रुन्छन् भने उनीहरूलाई फकाउनु पर्दैन । बच्चाहरू केही समयपछि आफैँ सम्हालिन्छन् जसले उनीहरूलाई भावनात्मक रूपमा बलियो बनाउने क्षमता वृद्धि गराउँछ ।
बाल्यकालमा बच्चा चुपचाप बस्ने, झगडा नगर्ने, अरु सँग घुलमिल बानीले मस्तिष्कमा कुनै समस्या भएको बुझिन्छ । त्यसैले बच्चाहरूलाई सानो तिनो झगडा गर्न दिनुपर्छ ।
तर, अभिभावकहरूले भने बच्चाहरू झगडा गर्छन् भनेर भुलाउनका लागि मोबाइल दिने गर्छन् जसले बालबालिकामा गेमिङ डिसअर्डरको समस्या देखा पर्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया