काठमाडौं । ललिता निवासको जग्गा प्रकरणका विषयमा अदालको फैसला अनुसार नै सरकारले काम गर्ने प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेकोले अव अदालतको फैसला अनुसार नै कार्वाही हुने बताएका हुन् ।
उनले जग्गा प्रकरण कसैप्रति आग्रह वा पूर्वाग्रहका आधारमा मुद्दा दायर नभएको प्रष्ट पारेका छन् । उनले भने ‘दोषी ठहरिनु भयो भने हाम्रो के लाग्छ त ? अदालतले सफाइ दियो भने सक्किगो नि । विधि र प्रक्रियालाई सबैले सम्मान गर्नुपर्छ’
अख्तियारले बुधबार विजयकुमार गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया