सर्लाहीका सीडीओविरुद्ध किटानी जाहेरी, आईजीपीमाथि कारबाहीको माग

सर्लाहीका तत्कालीन सीडीओविरुद्ध किटानी जाहेरी परेको छ । विप्लव समूहका नेता कुमार पौडेलको हत्यामा संलग्न रहेको भन्दै कुमारकी आमा दुर्गादेवीले तत्कालीन सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता गरेकी हुन् ।

जाहेरीमा गृहमन्त्री रामबहादुर थापाु र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि पनि कारबाही गर्न माग गरिएको छ ।
गत असार ५ गते प्रहरीको गोली लागेर पौडेलको मृत्यु भएको थियो। प्रहरीले पौडेलको मृत्यु दोहोरो गोली हानाहानमा भएको जनाएको थियो। तर उनको योजनाबद्ध रुपमा हत्या भएको बताइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?