ललिता निवास जग्गा प्रकरण : विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप, साझा पार्टीका नेता-कार्यकर्ता पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठुला नेतालाई छुट दिएको भन्दै साझा पार्टीले विरोध प्रदर्शन गरेको छ । ‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि सिठी जुलुस सहित विरोध प्रदर्शन गरेको छ ।

तर, प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेको छ । यस क्रममा साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको साझा पार्टीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?