काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ४० करोड ३३ लाख ८३ हजार खुद नाफा कमाएको छ । बैंकले यस अवधिमा ५८ करोड २६ लाख ९४ हजार कर्जा लगानी गरि ४० करोड भन्दा बढि मुनाफा कमाएको बैंकले जनाएको छ ।
चालू आवको पुस मसान्तसम्ममा २५ करोड निक्षेप संकलन गरेको छ । त्यस्तै १२ अर्ब रुपैयाँ हाल बैंकको चुक्ता पूँजी रहेको छ । भने बैंकको तथ्यांक अनुसार जगेडा कोषमा भने १ अर्ब २९ करोड ८० लाख २९ हजार रहेको छ । पुर्वाधार विकास गर्ने उदेश्यले स्थापित उक्त बैंकले अन्य बैंक तथा वित्तीय संस्थामा ११ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप तथा गरेको कर्जा लगानीबाट ६२ करोड ८३ लाख ८९ हजार आम्दानी गरेको छ । भने खुद व्याज आम्दानी भने ६१ करोड ७१ लाख ३४ हजार रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया