काठमाडौं – सफलता चुम्नेहरुले कहिल्यै पनि भोलि साँच्दैनन् । किनकी उनीहरुको लागि आज काफि हुन्छ । त्यसैले संकल्प गर्नको लागि आज काफि हुन्छ । हरेक बिहानी केहि उर्जा बोकेर आएको हुन्छ । तर हामी मुर्खता गर्छौ । हो, हामी त्यो उर्जा सदुपयोग गर्दैनौँ । तर आजबाट गर्नुहोस् कि आजबाट तपाईले मनमनै केहि राम्रा बानी अपनाउने र केहि नराम्रा बानीहरु त्याग्ने प्रतिज्ञा गर्न सक्नुहुन्छ । लोकपथ डटकमले आजबाट गर्न सकिने केहि संकल्प यहाँ प्रस्तुत गरेको छ ।
भनिन्छ, देश बिग्रनुको कारण सचेत मानिस नबोलिदिनाले पनि हो । तपाई सामाजिक विषयमा कत्तिको बोल्नुहुन्छ ? समसामयिक र सामाजिक विषयमा तपाईले बोल्नुभएन भने अहिले देखेको अवस्था भन्दा झनै र्जर्जर अवस्था हुनसक्छ । त्यसैले आफ्नो गाउँ ठाउँ, टोल, छिमेक, समाजमा, देश, अन्तर्राष्ट्रिय स्तरमा र विश्व व्रमाण्डमा भएका परिवर्तन, उतारचढाव, उपलब्धि र भवितव्यबारे चासो राख्नुपर्छ । चनाखो हुनुपर्छ ।
सामाजिक विषयमा ज्ञान राख्नुहोस् ।
सार्वजनिक चासो महत्वको विषयमा विचार विमर्श, मन्थन गर्नुहोस् ।
राष्ट्रिय विषयमा बोल्नुहोस् ।
शोषित पीडित, पिछडिएका परिवारको लागि बोल्नुहोस् ।
सार्वजनिक हितकका विभिन्न क्याम्पियनमा सहभागी हुनुहोस् र आवाज दिनुहोस् ।
सरसफाई अभियानमा सरिक हुनुहोस् ।
संस्कृति जोगाउन के सकिन्छ, गर्नुहोस् ।
राष्ट्रियताको विषयमा मत दिनुहोस् ।
वतावरणीय प्रदुषण र बढ्दो वनविनाशले निम्त्याउनसक्ने खतराबारे जानकारी लिनुहोस् ।
महिला हिंसा बलात्कार, हिंसा र सामाजिक समस्या जस्ता विाष्य हल गर्न समूह बनाउनुहोस् ।
भ्रष्टाचार, लुट, घुसखोरी बिरुद्ध आवाज दिनुहोस्।
राष्ट्रिय राजनीतिमा चासो राख्नुहोस् ।
सूचना प्रवीधि र कानूनबारे ज्ञान लिनुहोस् ।
विश्व दुनियाँको गति थाहा पाउनुहोस् ।
ईतिहासबारे ज्ञान लिनुहोस् ।
खाद्य संकट र पानीको अभावको हल कसरी गर्न सकिन्छ सोच्नुहोस् र बोल्नुहोस्।
भवितव्य घटनामा के गर्न सकिन्छ । सामूहिकताको भावना विकास गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया