काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले “आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला” अगाडि भन्ने नाराका साथ नयाँ योजना ल्याएको छ । मेगा बैंकले आवास तथा सवारीसाधन ऋणको नयाँ योजना अगाडि सारेको हो ।
उक्त योजना अनुसार घर खरिद गर्ने ग्राहकहरुलाई ७० प्रतिशतसम्मको फाईनान्सिङको व्यवस्था गरेको छ । साथै बैंकका अनुसार आवास निर्माणका लागि भने १०० प्रतिशत नै फाइनान्सिङको सुविधा योजना ल्याएको हो ।
अधिकतम ३५ वर्षसम्म कर्जा भुक्तानीको अवधि दिइएको उक्त सुविधामा ३ वर्षसम्म व्याज नबढ्ने समेत ग्यारेन्टी गरिएको छ । साथै बैंकका अनुसार घर मात्र नभएर घरका लागि आवस्यक पर्ने विभिन्न सामाग्रीहरु, हार्डवेयर, फर्निचर, घरेलु उपकरण लगायतका सामाग्रीहरुमा समेत छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै सवारी साधन खरिद गर्नको लागि प्रदान गरिने कर्जाको लागि भने सबै कर्जा प्रदान गरिएको ७ दिनमा कर्जा रकम उपलब्ध गरिने बैंकले जनाएको छ । भने त्यस्तो कर्जाको भने भुक्तानी अवधि १० वर्षसम्म रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया