जब पेट दुखेर अस्पताल गएका युवकको पेटमा गिलास भेटियो !

काठमाडौं । भारतको हरियाणामा बस्ने एक युवकलाई अत्याधिक पेट दुख्न थालेपछि उनी अस्पताल गएका थिए ।

अस्पतालमा उनको पेटको एक्स रे गरेर हेर्दा उनको पेटमा एउटा गिलास देखिएको छ। यो घटना भारतको हरियाणास्थित फरीदाबादमा भएको हो ।

३० वर्षीय एक युवक अत्याधिक पेट दुखेपछि अस्पतालमा भर्ना भएका थिए । जब डाक्टरले एक्स रे गरेर हेर्दा उनको पेटमा सिंगो गिलास देखे तब सबै चकित बने ।

भारतीय सञ्चारमाध्यामले बताए अनुसार ती युवकको पेटको ठूलो आन्द्रामा गिलास देखिएको हो । उक्त युवकको मलद्धारबाट करिब ७ दिन पहिले नै पेटमा गिलास पसेर ठूलो आन्द्रामा पुगेको चिकित्सकहरुले जनाएका छन् ।

युवकको पेटमा खराबी देखिएपछि चिकित्सकले उपचारका लागि दिल्ली पठाएको थियो । त्यसपछि युवकको मलद्धारबाट सो गिलास निकाल्ने प्रयास भएको थियो ।

तर, असफल भएपछि चिकित्सकले उनको पेटको शल्यक्रिया गरी गिलास निकालेका छन् । हाल ती युवकको सस्थ्य अवस्था सामान्य रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?