काठमाडौं । चीनमा एउटा यस्तो अनौठो र रोचक घटना भएको छ । त्यहाँको एक विवाहमा विवाह गर्न लागेका व्यक्तीकी पुर्व प्रेमिका विवाहको पहिरनमा आएर प्रेमीसँग माफी माग्दै विवाहका लागि अनुरोध गरेकी छिन् ।
उक्त विवाहको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक संजाल फेसबुकबाट माध्यमबाट भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा विवाह गरेर किस गर्न लागेका जोडीकाबीचमा ति प्रेमीका आएर उनको खुट्टा समाउँन लागेको देखिन्छ । उनले आफना पुराना गल्तीहरुको माफी माग्दै आफुसँग विवाह गर्न आग्रह गरेकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया