काठमाडौं । एनएमिब बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघबीच एक समझदारी भएको छ । संघका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रको गतिविधीहरुमा साझेदारी गर्ने गरि द्धिपक्षिय समझदारी गरि सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी तथा कागज उद्यमी संघका तर्फबाट संघका अध्यक्ष नरेन्द्र बहादुर साउद, अल्लो उद्यमी संघ नेपालका तर्फबाट अध्यक्ष बृद्धि पुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासंघका तर्फबाट अध्यक्ष देबिका बुढाथोकीले काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै बैंकका सीईओ केसीले बैंकले देशको अर्थतन्त्रलाई योगदान दिने क्षेत्रमा आफ्ना स्रोत तथा साधनलाई परिचालन गरिएको बताएका छन् । त्यस्तै साना तथा मझौला, कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशील विकास प्रवद्र्धन गर्नका लागि सहुलियतपुर्ण कर्जा आदिमा जोड दिइएको समेत बताएका छन् ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष पवन कुमार गोल्यानले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा बैंक उभिएकोमा प्रस्ट पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया