काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१२ बखरीस्थित उखुबारीमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।
शुक्रबार बिहान बिहान करिब ११ बजेतिर घाँटी रेटिएको अवस्थामा फेला परेको महिला ३२ वर्षीया सम्झना खत्री परियार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी दुहवी नगरपालिका ६ का स्थायीबासी हुन् । उनको श्रीमान् विकास परियार इलाममा टेलर्स व्यवसाय गर्दै आइरहेका थिए ।
विकासले श्रीमतीको पहिचान गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दोस्रो व्यक्तिसँग लभ अफेयरका कारण हत्या भएको हुनसक्ने देखाएको छ । उनी मङ्गलबारदेखि हराइरहेकी थिइन् ।
यो पनि
घाँटी काटेर सलले बेरेको अवस्थामा युवतीको शव फेला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया