थुनामुक्त गराइदिने भन्दै वकीलले ४२ लाख असुलेपछि…

काठमाडौँ । राजश्व चुवावट मुद्दामा नख्खु कारागार थुनामा रहेका रमेश दाहाललाई छुटाइदिने भन्दै ४२ लाख ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रमेश दाहालको बुवा तिर्थ राज दाहाललाई प्रलोभनमा पारेर ठगी गर्ने अधिवक्ता टंक बहादुर राना मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
काठमाण्डौको बबरमहलबाट पक्राउ परेका उनलाई ठगी कसुरमा अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?