विश्वकप क्रिकेट लिग–२ : पूर्वकप्तान पारस आउट, नेपाल दबावमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को खेलमा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको छ ।

कप्तान खड्का १९ रनमै आउट भएका हुन् । स्टेभनसनको बलमा अक्षय होमराजको हातबाट पारस क्याच आउट भएका छन् ।

४६ रनमा ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले थप एक रन जोड्न दिपेन्द्र र पारसलाई गुमाएको हो ।

कीर्तिपुर मैदानमा भइरहेको उक्त खेलमा नेपालले खराब ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?