वायु सेवा सञ्चालक संघ नेपालको अध्यक्षमा पुनः पवित्र कुमार कार्की

काठमाडौं, १३ माघ । वायु सेवा संचालक संघ नेपालको १७ औं वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि पुनः पवित्र कुमार कार्की (एयर डाइनाष्टी) को अध्यक्ष्यतामा ११ सदस्सीय नयाँ कार्य समिती सर्व सम्मत रुपमा निर्वाचित गरेको छ जसमा उपाध्यक्ष राजेन्द्र बहादुर सिंह (सीता एयर), द्धितिय उपाध्यक्ष मनोज रिमाल (यती एयरलाइन्स-तारा एयर), महासचिव मनोज कार्की (समिट एयर), सचिव राजु न्यौपाने (मनाङ्ग एयर), कोषाध्यक्ष रुपेश जोशी (बुद्ध एयर), सदस्यहरुमा गोपाल प्रसाद भट्टराई (सौर्य एयरलाइन्स), राजेन्द्र शाक्य (सिम्रिक एयरलाइन्स), क्या.दिपक ज.व.रा. (फिस्टेल एयर), प्रेम कुमार थापा (सिम्रिक एयर), विरेन्द्रराज श्रेष्ठ (हेलि एभरेष्ट) रहेको संघले जनाएको छ कार्यक्रमका प्रमुख अतिथी नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजिव गौतमले नागरिक उड्यनका क्षेत्रमा देखा परेको हालका समस्या र चुनौतीलाई हल गर्न प्राधिकरण लागी परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?