नयाँदिल्ली । नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । अघिल्लो चुनावको तुलनामा यो पटक १० प्रतिशत कम मतदान भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो चुनावमा आम आदमी पार्टी (आप) को पक्षमा जनलहर आउने देखिएको छ । भारतीय सञ्चारमाध्यमले विभिन्न चुनावी आँकलन गरेपनि आपको पक्षमै जनलहर आउने देखिएको बताएका छन् ।
कुल ७० सदस्यको दिल्ली विधानसभाका लागि मतदान भएको हो ।
दिल्ली विधान सभाका लागि एक करोड ४० लाख मतदाता रहेका थिए । जसमध्ये ८१ लाख पाँच हजार २३६ पुरूष र ६६ लाख ८० हजार २७७ महिला मतदाता र ८६९ तेस्रो लिङ्गी मतदाता रहेकोमा ५८ प्रतिशत मात्रै मत खसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया