सेनाका जवानले अन्धाधुन्ध गोलीबारी गर्दा २० जनाको मृत्यु

थाइल्याण्ड । थाइल्याण्डमा एक सेनाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २० जनको मृत्यु भएको छ ।

थाइल्याण्डको राजधानी बैंकको उत्तर पूर्वमा रहेको नकोन रेटचासीमा शहरमा जुनियर सैनिक अधिकारी जाकाराफन्थ थोमाले गोलाबारी गरेका हुन् ।

थोमाले सुरुमा आफ्ना कमान्डिङ अफिसरको हत्या गरेको बीबीसीकाले जनाएको छ । कमान्डरको हत्यापछि क्याम्पबाट हतियार चोरेर भागेका उनले सपिङ सेन्टरमा पुगेर अन्धाधुन्ध गोली हानेका अधिकारीहरुले बताएका छन् ।

गोली प्रहारबाट दर्जन बढी घाइतेलाई अस्पताल पुर्याइएको छ । घटनापछि सपिङ सेन्टरमा त्रसित बनेका सयभन्दा बढीको उद्धार गरिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । गोलाबारी गर्ने सैनिकको पहिचान खुलेपछि उनलाई प्रहरीले नियन्त्रण लिन सकेको छैन ।

बीबीसी थाईसँगको कुराकानीमा रक्षा मन्त्रालयका प्रवक्ताले बताए अनुसार जकराफन्थ थोमा नामक कनिष्ठ अधिकारीले सैन्य क्याम्पबाट हतियार चोर्नुअघि आफ्नो कमान्डिङ अधिकारीमाथि हमला गरेका थिए ।

त्यसपछि उनले उत्तर पूर्व बैंकको शहरको सपिङ सेन्टर र बौद्ध मन्दिरमा गोलीबारी गरे । थोमा अहिले कतै लुकिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?