नेपालको पाम आयल आयातमा भारतको प्रतिबन्ध खुला

काठमाडौं । भारतले नेपाली पाम आयलमा लगाएको प्रतिबन्ध खुला गरेको छ । भारतले गत जनवरी ८ बाट पाम आयल आयतमा प्रतिबन्ध लगाएको थियो । नेपालले मलेसिया तथा इन्डोनेशियाबाट कच्चा पदार्थ ल्याई प्रशोधन गरि भारतमा पाम निर्यात गरिरहेको थियो । नेपालको कुल निर्यातको ठुलो हिस्सा पाम आयलले ओगट्दछ । वितेको पाँच छ महिनाको तथ्यांक हेर्ने हो भने कुल निर्यातको २४ प्रतिशत हिस्सा पामले लिएको छ । अर्थात नेपालले साढे ११ अर्ब रुपैयाँ बराबरको पाम निर्यातबाट नेपाल भित्राएको छ ।

त्यसरी भारतले आयातमा प्रतिबन्ध लगाएसँगै नेपाली अर्थतन्त्रमा ठुलो असर परेको थियो । भारत सरकारले आफ्ना आयातकर्ताको आयात रद्ध गरेकोमा हाल भारतीय आयातकर्तालाई नेपालबाट पाम आयल आयात गर्न अनुमतिपत्र दिन शुरु गरेसँगै नेपालको पाम प्रतिबन्धको बाटो खुलेको हो ।

भारतले पाम आयातमा रोक लगाएसँगै नेपालका तर्फबाट खुलाउन पहल भएको थियो । भारत सरकारले आफ्ना आयातकर्तालाई अनुमतिपत्र दिन शुरु गरेसँगै नेपालबाट तेल निर्यात हुने उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मोतीलाल दुगडले बताएका छन् । साथै पहिलो चरणमा एउटा आयातकर्ताले अनुमति प्राप्त गरेको र अन्यले पनि तत्कालै उपलब्ध गराउँने जसका कारण पूर्ववत रुपमा नै निर्यात हुने मन्त्री दुगडको धारणा रहेको छ ।

आयातमा आधारित नेपाली अर्थतन्त्रलाई पाम आयलको निर्यातले केही भरथेग गरेको थियो । नेपालमा नै कच्चा पदार्थ नभएपनि बाहिरी मुलुकबाट कच्चा पदार्थ ल्याएर भएपनि निर्यात व्यापारलाई सुद्धृढ बनाउन सघाउ पुर्याउनु नेपालका लागि एक ठुलो उपलब्धिका रुपमा हेरिने गरिन्छ । भारतले प्रतिबन्ध लगाएसँगै सरकार तथा उद्योगीबीच बारम्बार छलफल तथा प्रतिबन्ध हटाउनका लागि पहल हुँदै आएको थियो । दक्षिण एशिया स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत नेपाल एक सदस्य राष्ट्र हो । जस अनुसार सदस्य राष्ट्रको हिसावले सहुलियतपूर्ण रुपमा कच्चा पदार्थ आयात गरि भन्सार छुटसहित निर्यात गर्ने भएकाले भारतले नेपाली पामको आयातमा जोड दिएको थियो ।

नेपाली उद्योगीहरुका लागि पाम तेलको भन्सार शुल्क कम पर्ने सुविधा उपलब्ध रहेको थियो । भने नेपालले अन्य मुलुकबाट कच्चा पदार्थ आयात गर्दा भन्सार शुल्कमा ४० प्रतिशत निर्धारण गरिदिएकाले पनि हाल नेपालबाट निर्यात व्यापारको अग्रणी रहेको व्यवसायीहरु बताउँछन् ।

तर एकाएक आयात गरिरहेको पाम आयल आयातमा भारतले प्रतिबन्ध लगायो । कारण के हुन सक्छ सबैको कौतुलहताको विषय बनेको थियो ।

सञ्चारमाध्यमहरुले बताएअनुसार भारत तथा मलेसिया पछिल्लो समयमा राजनीतिक मुद्धाको हिसाबमा विवादित रहँदै आएका छन् । मलेसियाका प्रधानमन्त्रीले भारत तथा पाकिस्तानको विवादित भूमी कास्मिरका विषयमा भारतविरोधी विज्ञप्ती जारी गरेका थिए । जसको कारण भारत रुष्ट हुँदै मलेसियाबाट आयात गरिएको कच्चा पदार्थबाट प्रशोधित तेल प्रतिबन्ध लगाउने निर्णयामा भारत पुगेको सञ्चारमाध्ययमले जनाएका छन् ।

लोकपथबाट प्रकाशित पाम आयलसम्बन्धि यी सामाग्री पढ्नुभएको थियो ?

नेपालको पाम आयल आयातमा भारतको रोक

पाम आयल माथिको प्रतिबन्ध हटाउन भारतसँग नेपालको आग्रह

‘सरकारले पाम आयल निर्यातका लागि सहज वातावरणका बनाउनु पर्छ’

भारतले किन बारम्बार प्रतिबन्ध गर्छ नेपाली उत्पादन ? पाम आयल प्रतिबन्धका कारण नेपाली अर्थतन्त्रमा धक्का !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?