काठमाडौं । आजभोली इन्टनेटमा मानिसहरु बिभिन्न तरिका अपनाएर एडल्ट भिडियो खोज्ने गर्दछन् । यो भिडियो धेरैजसो युवा पुस्ताहरुले नै खोज्ने गर्दछन् ।
सरकारले यस प्रकारका साइटहरु बन्द गरेपनि बिभिन्न तरिकाहरु अपनाएर यस प्रकारका भिडियोहरु हेर्नेको संख्या भने कम छैन ।
एक व्यक्ति घरमा अनलाइन एडल्ट फिल्म हेरिरहेका थिए । जब उनले त्यो फिल्म हर्ने क्रममा फिल्ममा आफ्नी श्रीमतीलाई देखे तब बेहोस हुन पुगेका छन् । बेहोसबाट उठेपछि उनले सिदै आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका छन् ।
उनकी पत्नी पेशाले डाक्टर हुन् भने ति व्यक्ति पेशाले सफ्टवेयर इन्जिनियर हुन् । उनी ३३ वर्षका भए भने उनकी श्रीमती ३२ वर्षकी भइन् ।
ति महिला भारतको कोलकत्ताकी हुन् भने पुरुष उत्तर प्रदेशका हुन् । तर उनीहरु दुबैजना बेंग्लोरमा बस्दै आएका थिए । मेट्रोमोनियल साइटबाट उनीहरुको भेट भएको थियो ।
त्यसपछि सन् २०१८ मा उनीहरुले विवाह गरेका थिए । महिलाले विवाह गर्दा त्यो भन्दा अगाडि उनी कसैसँग रिलेसनसिपमा भएको तर त्यसबेला भने ब्रेकअप भईसकेको बताएकी थिइन् ।
ति महिला धेरैजसो आफ्ना पतिलाई पोर्न फिल्म हेर्न आग्रह गर्दथिन् । एक दिन श्रीमतीको कुरा मानेर उनी भिडियो हेर्दै थिए तब आफ्नै श्रीमतीलाई देखे ।
पत्नीलाई उनले सोध्दा पूर्वप्रेमीले ब्ल्याकमेल गरेर राखेको बताएकी थिइन् । तर उनले फेरी अर्काे भिडियो हेरे त्यो भिडियोमा पनि उनले आफ्नी श्रीमती अन्य पुरुषसँग सम्बन्ध बनाइरहेको देखे ।
त्यसपछि फेरी श्रीमतीलाई सोध्दा श्रीमतीले विवाह भन्दा अगाडि धेरै जनासँग आफूले शारीरिक सम्बन्ध राखेको बताइन् । त्यसपछि उनले आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया