काठमाडौं । देश बाहिर जानको लागि मूख्य मानिने राहदानी अर्थात पासपोर्ट लिने भन्ने वित्तिकै विभिन्न झण्झट तथा झमेला दिमागमा आइहाल्छ । घण्टौ लाइन बस्नुपर्ने, फारम प्रक्रियाको लागि मात्रै लामो समय कुनुपर्ने आदी समस्या रहेका थिए ।
तर अब ती सब समस्या हल भएका छन् । अब घरमा बसेर अनलाईन फर्म भरि राहदानी बनाउने प्रक्रिया अगाडि बढाउन सकिने भएको छ । त्यतिमात्र नभएर फर्मको लागि लाग्ने शुल्क समेत अनलाईनमार्फत बुझाउन सकिने भएसँगै सेवाग्राहीहरुले घरमै बसि बसि राहदानी लिन सकिने भएको हो ।
यस अघि राहदानीको लागि लाग्ने शुल्क बैंकमार्फत मात्र बुझाउनुपर्ने प्रावधान रहेको थियो । अनलाईन मार्फत पैसा बुझाउन सकिने भएकाले सेवाग्राहीहरुको लागि एक त झण्झटको कमि भएको छ । भने अर्काेतिर समयको बचत समेत हुने भएको छ ।
अनलाइन पेमेन्ट नहुँदा जिल्ला प्रशासन कार्यालयमा र बैङ्कको लामो प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट सेवाग्राही मुक्त भएका छन् । अनलाइन प्रणालीको सेवामा कुनै गल्ती भएमा वा सेवाग्राहीको आवेदनमा गल्ती भएको खण्डमा समेत अनलाइन वा एसएमएसमार्फत त्यो सच्याउने व्यवस्था गरिएको समेत राहदानी विभागले जनाएको छ ।
त्यसको लागि राहदानी विभागको वेबसाइट नेपाल पासपोर्ट डट जीओभी डट एनपी खोल्नुपर्दछ । जहाँ दायापट्टिको भागमा अनलाईन पेमेन्ट लेखिएको हुन्छ ।
साथै त्यहा विभिन्न विकल्पहरुसमेत दिइएको हुन्छ । जसमध्ये विकल्पहरुको छनोट गरि अनलाईन फर्म भर्न सकिन्छ । राहदानी विभागको राजस्व व्यवस्थापन सूचना प्रणालीको अनलाईन सफ्टवेयरको माध्ययमबाट अनलाईन भुक्तानीको व्यवस्था गरिएको विभागले जनाएको छ ।
उक्त सफ्टवेयरको माध्ययमबाट नेपालभरका राजस्व संकलन समेत गर्दै आएको छ । साथै विभागले पनि अनलाईन आवेदन सेवासँग उक्त सुविधालाई जोडि सेवा सञ्चालन गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया