काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनी र उनका श्रीमान डेनियल वेबरले आफ्नो भ्यालेन्टाइन डे प्लान शेयर गरेका छन् ।
सनीले भ्यालेन्टाइन डे को आधा दिन आफ्ना तीन बच्चा निशा,नोआ र अशरसँग बिताउँने साथै आधा दिन भने आफ्ना श्रीमानसँग बिताउँने बताएकी छन् । साथै उनले सन् २००९ मा डेनियलसँग विवाह गरेपछि आफू खुसी भएको बताएकी छिन् ।
साथै उनका श्रीमानले भने भ्यालेन्टाइन डे मनाउँनको लागि ढाका जान लागेको बताएका छन् । उनले आफ्नी श्रीमतीसँग ढाका डिनरका लागि जाने प्लान रहेको भारतीय सञ्चारमाध्यामा प्रकाशित समाचारमा उल्लेख छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया