ओमानसँग नेपालको दोस्रो हार, नेपाल आठ विकेटले पराजित

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानसँग दोस्रो हार व्यहोरेको छ । कीर्तिपूरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारीत ५० ओभरमा नेपालले दिएको २५० रनको लक्ष्य २ विकेट गुमाएर पुरा गरेको छ ।

नेपालले टस हारेर ब्याटिङ गरेको थियो । नेपालले आठ विकेटको क्षतिमा २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेका थिए ।

ओपनिङ ब्याटिङमा आएका सुवास खकुरेलले ४२ बलमा २२ रन बनाउँदै एल बी डब्ल्यु आउट भएका थिए, त्यस्तै अर्का ओपनर कप्तान ज्ञानेन्द्र मल्ल ७६ बलको सामना गर्दै ५६ रनमा क्याच आउट भए ।

त्यस्तै पारस खड्का ३४ बलको सामना गर्दै ३८ रनको व्यक्तिगत स्कोरमा क्याच आउट भए भने उपकप्तान दिपेन्द्र सिंह ऐरी ३ बल खेल्दै बिना रन क्याच आउट भए, त्यस्तै ४५ बलको सामना गरेका आरिफ शेख २८ रन बटुल्दै एलबी डब्ल्यु आउट भएका थिए ।

त्यस्तै आक्रामक ब्याटिङ गरेका कुसल मल्लले २४ बलको सामना गर्दै २८ रन जोडेर आउट भए भने, ४७ बलको सामना गरेका बिनोद भण्डारी ३५ रनमा रन आउट भएका थिए । त्यस्तै १६बलको सामना गरेका करण केसी १० रन बनाएर क्याच आउट भएका थिए भने सन्दिप लामिछाने नट आउट १० तथा कमल सिंह ऐरीले नट आउट ९ रन जोडेका छन् ।

नेपाल आफ्नो पहिलो खेलमा ओनमसँग १८ रनले परािजत भएको थियो भने शनिवार भएको दोश्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

अहिले अमेरिका १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने समान १२ अंक बनाएको ओमन रनरेटका आधारमा दोस्रो स्थानामा रहेको छ ।

सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका, ओमन,स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अंक सहित तेस्रो स्थानमा छ ।

नामिवियाको आठ र युएईको सात अंक छ । २ खेलबाट नेपालको दुई अंक हुँदा ८ खेल खेलिसकेको पपुवा न्युगिनी अंकविहिन छ ।

लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?