काठमाडौं । ग्लोबल आइएमी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा २ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । राष्ट्र बैंकले लिएको विग मर्जरको नीति अनुरुप गत मंसिर २० गतेबाट जनताको सम्पुर्ण अस्तृत्व ग्लोवलमा समाहित भएको थियो । जस अनुसार ग्लोबलको नाममा कारोवार शुरु गरेसँगै पूँजीको हिसावले सबैभन्दा ठुलो हुन सफल भएको थियो ।
बैंकको हालका प्राथमिक पूँजी २४ अर्ब ८७ करोड रहेको छ । बैंकको कुल पूँजी २८ अर्ब १६ करोड रहेको छ । आवको यस अवधिसम्ममा बैंकको कुल निक्षेप २ खर्ब १३ अर्ब रहेको छ । भने कर्जा तथा ऋण लगानी भने १ खर्ब ९८ करोड रुपैयाँ भन्दा बढि पुगेको बैंकले जनाएको छ ।
हाल बैंकले ८ सय १७ शाखा सेवा संजाल मार्फत १९ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
त्यस्तै मुलुकभर बैंकको २ सय ७० शाखा, २ सय ५७ एटिएम तथा ३८ वटा एक्स्टेन्सन काउन्टर र २ सय ४९ शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले चालू आर्थिक वर्षमा थप ५९ शाखासहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्न लागिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया