एनसीसी बैंकको वित्तीय विवरण सार्वजनिक, कति छ नाफा ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पुस मसान्तसम्ममा बैंकले ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

अघिल्लो आवको यहि अवधिको तुलनामा नाफा घटाएको छ । गत आवको यहि अवधिमा बैंकले ७९ करोड ९८ लाख रुपैयाँ बराबर नाफा कमाएको थियो । बैंकले चालू आवको पुस मसान्तसम्म गरेको नाफाको आधारमा ५२ करोड ५२ लाख रुपैयाँ लाभांश वितरण गर्नसक्ने क्षमता निर्माण गरेको छ ।

यस अवधिमा बैंकको निष्क्रिय कर्जा घटेर २ दशमलव ८२ प्रतिशतले कमि भएको छ । साथै गत आवको यहि अवधिमा त्यस्तो कर्जा ३ दशमलव ५३ प्रतिशत रहेको थियो । बैंकको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । यस समिक्षा अवधिमा बैंकले करिव ३ करोड ९० लाख रुपैयाँ पुरानो कर्जा असुली गर्न सफल भएको छ ।

हाल बैंकको निक्षेप लागत ७ दशमलव ५०, स्प्रेडदर ४ दशमलव १९, आधारदर १० दशमलव ५८ तथा सीसीडी ७६ दशमलव ५० प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकका अनुसार चालू आवको यस अवधिसम्ममा बैंकको संञ्चिती कोषमा २ अर्ब ५२ करोड २२ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?