काठमाडौं । कोरोना भाइरसको महामारी पछि चीन सरकारले त्यसको समाधानको लागि भन्दै सर्वसाधारणहरुमा आक्रामक व्यवहार देखाउँन थालेको छ ।
हालैमात्र चीनको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरकारी अधिकारीहरुले मानिसहरुको घरमा छिरेर कोरोना संक्रमणको शंका गर्दै तानेर अस्पताल पठाएका छन् ।
मानिसहरु जान नमान्दा नमान्दै पनि उनीहरुले धकेलेर अस्पताल लिएर गएको भिडियोमा देखिएको छ । कोरोनाको संक्रमणपछि चीनले ३० शहरका मानिसहरुमा क्रुरताका साथ यस्तो व्यवहार देखाएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया