काठमाडौं । द ग्रेट एलेक्जेन्डर (सिकन्दर) मेसेडोनियाका राजा थिए । विश्वविजेता –एलेक्जेन्डरले –ई.सं.३३६–३२३ सम्म शासन गरेका थिए । उनी फिलिप तृतीयका र ओलम्पियसका छोरा थिए ।
उनको मृत्यु ११ जुन ई.सं. ३२३ मा भएको थियो । उनस् सारा संसार जित्दै पौरव राष्ट्र (पञ्जाव) का राजा पुरुसोत्तमसँग पराजित भएर मेसोडोनिया फर्किएका थिए ।
विश्वविजेता सिकन्दरका महान १४ भनाईहरु
१. हरेक ज्योती सूर्य होइन ।
२. प्रयास गर्नेहरुका लागि कुनै कुरा असम्भव छैन ।
३. साँचो प्रेमको कहिल्यै सुखद अन्त्य हुदैँन, किनकि साँचो प्रेमको कहिल्यै अन्त्य हुँदैन ।
४. ज्ञानबिना सिप केन्द्रित हुन सक्दैन ।
५. कौशलबिना शक्ति ल्याउँन सकिँदैन् ।
६. शक्तिबिना ज्ञान लागू हुँदैन ।
७. आफ्नै पक्षमा म हतियारभन्दा दर्शनको उच्च रहस्यको ज्ञान प्राप्त गर्ने छु ।
८. हामीले आफ्नो यस्तो आचारण बानाउँ,जसकारण सबै हाम्रो मित्र बन्न चाहुन् र शत्रु बन्न डराउँन् ।
९. म भेडाहरुको नेतृत्वमा सिंहहरुको फौजसँग डराउँदिन, म सिंहको नेतृत्वमा रहेका भेडाहरुको फौजसँग डराउँछु ।
१०. मेरै शरीर गाड्नुहोस् तर मेरा हातहरु बहिर राख्नुहोस् ताकि अरुले जानुन्,जसले संसार जित्यो मृत्यु हुँदा उसको हातमा केहि थिएन ।
११. हाम्रो तरवारले प्राप्त गरेको सम्पत्ति पक्का वा स्थायी हुन सक्दैन, तर दया र संयमले प्राप्त गरेको प्रेम लामो समयसम्म टिक्छ ।
१२. एउटा चिहानले अब उसलाई पुग्छ,जसका लागि सारा विश्व पर्याप्त थिएन ।
१३. मैले राम्रो गरिरहेकै बेलामा मेरो मनमा नराम्रो कुरा सुन्नु असाध्यै राम्रो कुरा हो ।
१४. सहि मनोवृत्तिले आत्मनिर्भर सिमितताहरु हराउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया