काठमाडौं । एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंकलाइ गाभ्ने भएको छ । एनएमबिले कञ्चनलाई गाभ्ने सम्बन्धि दुई बैंकका अधिकारीहरुबीच सम्झौता भएको छ । कञ्चन डेभलपमेन्ट बैंक सुदुरपश्चिमकाे कैलाली कञ्चनपुर, बैतडी, डडेलधुरा तथा डोटी लगाएतका जिल्लाहरुमा कार्यक्षेत्र रहेको छ । साथै मुख्य कार्यालय सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा रहेको छ । यसरी एनएमबि बैंकले प्राप्त गरेसँगै बैंकको पहुँचमा समेत विस्तार हुने विश्वास बैंकको रहेको छ ।
हाल कञ्चन डेपलपमेन्टको १७ वटा शाखा तथा ३ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ । साथै एनएमबिले प्राप्त गरेसँगै सुदुरपश्चिम प्रदेशमा शाखा संख्या २४ पुग्नेछ । साथै एक्सटेन्सन काउन्टर ४ पुग्ने बैंकले जनाएको छ ।
यस अघि पनि एनएमबिले ओम डेभलपमेन्ट बैंकलाई गाभेर गण्डकी प्रदेशमा आफ्नो सेवा दरिलो बनाएको थियो । साथै एनएमबिले विभिन्न विकास बैंकले आफ्नो पहूँच विस्तार गरिरहेको छ ।
एनएमबिले कञ्चनलाई गाभेसँगै ग्रामीण तथा दुर्गम भेगका मानिसहरुमा बैंकिङ्ग पहुँच विस्तार हुने विस्वास बैंकले लिएको छ । साथै एनएमबिको १०० रुपैयाँ बराबर कञ्चनको प्रतिशेयर मूल्य ८५ तय गरिएको पनि स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया