काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को नयाँ अध्यक्षमा किरण कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकका सिइओ पनि हुन् । त्यस्तै म्यानको पहिलो उपाध्यक्षमा बहादुर श्रेष्ठ तथा द्धितीय उपाध्यक्षमा सुमन पोख्रेल निर्वाचित भएका छन् । भने महासचिवमा धर्मेन्द्र अवस्थि तथा अनु श्रेष्ठ जोशी कोषाध्यक्ष लगायत १९ कार्य समिति सदस्य चयन भएका छन् ।
सोमवार विहान भएको निर्वाचन मार्फत नयाँ कार्यसमिती चयन भएको हो । साथै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा एसोसिएसनको काम गर्न लागी पर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया