काठमाडौं । डिस होमले ग्राहकहरुको लागि नयाँ योजना ‘डिलर दाइको डिस्काउन्ट’ सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत डिसहोमका डिलरहरुमार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेमा एडअन प्याकेजसहित हप्तामा लक्की ड्र मार्फत सहभागी भइ उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।
विक्ली लक्की ड्र मा भने सोमवारदेखि वार्षिक रिचार्ज गर्ने ग्राहकलाई मात्र लागू हुनेछ । भने हप्तामा २ जना भाग्यशालि विजेताले उपहारस्वरुप प्रतिव्यक्ति १ लाख रुपैयाँ प्राप्त गर्न सक्ने डिसहोमले जनाएको छ ।
योजना अनुसार प्रत्येक हप्ताको शुक्रवारदेखि बिहीवारसम्म वार्षिक रिचार्ज गर्न आउने ग्राहकहरुको लागि शुक्रवारको लक्की ड्रमा समावेश गरिनेछ । भने डिसहोमका अनुसार विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिनेछ ।
साथै डिसहोमको सोकेस च्यानल नं सयमा हरेक शुक्रवार वेलुका ५ बजे प्रत्यक्ष प्रशारण मार्फत गरिने डिसहोमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया