फेसबुकका संस्थापक जुकरवर्गका सफलताका १५ सूत्र

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका संस्थापक जुकरवर्ग संसारका अधिकांश युवापुस्ताका लागि प्रेरणाका श्रोत हुन् । उनी मे १४ सन् १९८४ मा जन्मिएका थिए ।

२३ वर्षमा कलेजको पढाई छोडेका उनको सम्पत्ति ३७ बिलियन डलर भन्दा धेरै रहेको फोर्ब्सले जनाएको छ । ३१ वर्षीय उनले सफलता सम्बन्धी बिभिन्न टिप्सहरु दिएका छन् ।

यी हुन् जुकरवर्गका सफलताका १५ सूत्र

१. सबैभन्दा महत्वपूर्ण कुरा आत्मविश्वास र दृढता हो ।

२. तपाईसँग अनुभव छैन भन्ने कुरा युवा अवस्थामा बारम्बार सुन्नु पर्छ ।

३. हामीलाई पनि महशुस हुन्छ, हामीभन्दा अनुभवी मानिसहरु धेरै छन्, सबैसँग शुरुमा अनुभव हुँदैन ।

४. १९ वर्षको उमेरमा मैले फेसबुक बनाउँन शुरु गरेको थिएँ, जुन बेला मलाई केहि थाहा थिएन ।

५. आफूले गरेको कामलाई कहिल्यै सानो नसोच्नुहोस् ।

६. स्वयंको विश्वास गर्नुहोस् ।

७. संसारका सबै मानिस फरक छन् र उनीहरुको चाहाना पनि फरक नै छ ।

८. सबैले विश्वका लागि नयाँ-नयाँ आविष्कार गर्न सक्दछन् ।

९. अर्काेले के गर्दैछ त्यसमा होइन म के गर्दैछु त्यसमा ध्यान दिनुहोस् ।

१०. केहि भन्ने तिर होइन केहि बनाउँन तिर लाग्नुहोस् ।

११. म आफ्नो लागि महत्वपूर्ण काम गरिरहेको छु वा छैन भन्ने कुरा अरुलाई होइन, आफैलाई सोध्नुहोस् ।

१२. आफूलाई सन्तुष्ट बनाउँने काम गर्नुहोस् ।

१३. जबसम्म तपाई छिटो दौडिनुहुन्न र काम गर्नुहुन्न तब सम्म तपाईको कामको कुनै महत्व नै हुँदैन।

१४. आफूलाई नै चुनौति दिनुहोस्, किनभने बदलिरहेको विश्वमा चुनौति भएनन् भने सोचेको सफलताको बिन्दुमा पुग्न सकिँदैन ।

१५. जहाँ बसेर काम गर्दा आनन्द आउँछ त्यहि काम गनुहोस्, किनभने मैले फेसबुकबारे एउटा सानो कोठामा सोचेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?