काठमाडौँ । सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको उनकै घरमा कामदारले हत्या गरेको खुलेको छ ।
प्रहरीको अनुसार घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा कामदार विजय चौधरीले नै कार्कीको श्रीमती मुनाको हत्या गरेको खुलेको हो ।
सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ बजेको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको प्रहरीले जनाएको छ ।
पूर्वसचिव कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएका थिए । उनि पशुपति दर्शन गरि फर्कदा यो घटना घटेको हो । उनि सानेपास्थित निवासमा पुग्दा आफ्नै सहयोगी मृत अवस्थामा फेला पारेका थिए भने श्रीमाती रगताम्य अवस्थामा अचेत भेटिएकी थिइन् ।
दाङ घर भएका विजय चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।
चौधरीले के कारणले कार्कीको हत्या गरे र किन आफै आत्महत्या गरे भन्ने चाहिँ अझै खुल्न सकेको छैन ।
कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया