काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । प्रहरीका अनुसार विमानस्थलको कफि सफमा आगलागी भएको हो ।
साथै विमानस्थलको टर्मिनलको यात्रु प्रतिक्षालयमा समेत आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी कारण के हो भन्ने एकिन भएको छैन् । पहिले टर्मिनलको यात्रु प्रतिक्षालयमा आगो लागि त्यसबाट कफि सपमा आगलागी भएको हो ।
साथै अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया