विमानस्थल आगलागी अपडेटः तीन जहाज होल्डमा, सिंगापुरबाट आउँदै गरेको जहाज कलकत्ता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफि सपमा भएको आगलागी पछि विमानस्थल बन्द गरिएको छ ।

उक्त आगलागी भएपछि टर्मिनल भवनभित्र रहेका यात्रु व्यवस्थापन गर्न विमानस्थल थप थप एक घण्टाको लागि बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल बन्द भएका कारण सिंगापुरबाट काठमाडौं आउँदै गरेको सिल्क एयरको जहाज कोल्कता डाइभर्ट भएको भएको विमानस्थलको स्रोतले जनाएको छ ।

त्यस्तै नयाँ दिल्लीबाट आउँदै गरेको नेपाल वायुसेवा निगम, मलेसियाबाट आउँदै गरेको मालिन्दो एअर र चीनको गोन्जाओबाट आउँदै गरेको चाइन सउदर्नको जहाज भने होल्डमा रहेको विमानस्थलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?