नेपाल चिकित्सक संघमा डा कार्की, एक जना सदस्य बाहेक सबै लोकतान्त्रीक समूह निर्वाचित

काठमाडौं । नेपाल चिकित्सक संघमा डा लोचन कार्कीको नेतृत्वमा एक जना बाहेक सबै लोकतान्त्रीक समूह विजयी भएको छ । गत शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान साढे २ बजे सकिएको छ। औपचारिक घोषणा भने मंगलबार दिउसो १ बजे हुने भएको छ।

नयाँ कार्यसमितिमा पेशागत समावेशी समूहबाट एक जना सदस्य विजयी भएका छन्। उक्त समूहबाट डा लिजन महर्जन सदस्यमा विजयी भएका हुन्। डा महर्जनले २ हजार ८ सय ७२ मत ल्याएका छन्। डा महर्जनले लोकतान्त्रिक समूहका डा विक्रान्त ढकाललाई २ सय ८६ मतले पछाडी पार्दै विजयी भएका हुन्।

७ जना पदाधिकारी र ६ जना सदस्यसहित समितीमा १३ जना रहनेछन्। मतका आधारमा सदस्यहरुमा डा महर्जन ५ नम्बरमा परेका छन्। छैटौं नम्बरमा लोकतान्त्रिक समूहका डा प्रमोद जोशी रहेका छन्। उनको २ हजार ७ सय ९६ मत आएको छ।

संघको २८ औं कार्यकारिणी समितीका लागि भएको निर्वाचनमा देशभरबाट ६ हजार १ सय ५७ मत खसेको थियो।

सबैको मत परिणाम यस्तो छ

अध्यक्ष
डा लोचन कार्की – ४१११
डा पुष्पमणि खराल– १९७९

वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ– २२६२
डा शिवप्रसाद श्रेष्ठ – ३५९५

उपाध्यक्ष
डा अनिलविक्रम कार्की – ३९४५
डा रञ्जितकुमार झा – १९५४

महासचिव
डा बद्री रिजाल – २४३१
डा मधुर बस्नेत – १३७८
डा दीपेन्द्र पाण्डे – १३०१
डा अजयकुमार मिश्र– ८६९

कोषाध्यक्ष
डा प्रकाश बुढाथोकी– ३२७८
डा सञ्जितकुमार साह– २५७९

सहसचिव
डा निरजकुमार सिंह– ३७९०
डा सैलेन्द्र झा– १८९४

सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी– ३९३५
डा उदयनारायण सिंह– १९४२

सदस्यहरु
अमित चतुर्वेदी
डा विक्रान्त ढकाल
डा विपेश आचार्य
डा दीपकप्रसाद कोइराला
डा जगदिशचन्द्र विष्ट
डा लिजन महर्जन

डा नन्दाकुमारी गुरुङ
डा प्रमोद जोशी
डा प्रवीणकुमार गिरी
डा राकेश कुमार साह
डा रितेश थापा
डा सञ्जिव तिवारी
डा सुमन काफ्ले
डा त्रिभुवन चन्द्र झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?