वि.सं. २०७६ माघ २९ गते । बुधबार । इ.स.२०२० फेब्रुवरी १२ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । हेमन्त ऋतु । ने.सं. ११४० पोहेलागा । फाल्गुन कृष्णपक्ष । तिथी– तृतीया,०६ बजेर ५९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– उत्तरफाल्गुनी, १६ बजेर १२ मिनेट उप्रान्त हस्त । योग–सुकर्मा,०७ बजेर ३१ मिनेट उप्रान्त धृति । करण– भद्रा,०६ बजेर ५९ मिनेट उप्रान्त बव,१७ बजेर ४७ मिनेट उप्रान्त बालव । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ६ बजेर ४६ मिनेटमा, सूर्यास्त १७ बजेर ५१ मिनेटमा । दिनमान २७ घडी ५२ पला । माघ मसान्त। देवघाटलगायत तीर्थहरूमा मकरस्नान समाप्ति।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ): विवाद तथा प्रतिस्पर्धामा भाग नलिनुहोला समय मध्ययम रहेको छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । मामा तथा आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा आजको दिन लगानी नबढाउँनु होला ऋण लाग्ने समय रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ । प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : अध्ययनमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईले गरेको पेशा व्यावसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनोल आम्दानि बढ्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि आजको दिन उत्तम रहेकोछ । बौद्धिक कार्यक्रममा सहभागि भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दी आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । अध्ययन तथा अध्यापनबाट भनेजस्तो नतिजा नआउन सक्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो): दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्बन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकी रहेको काम थाति रहनेछ । व्यापारमा लगानीको अभावले आम्दानिमा कमी हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): वन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुने छ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्स नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाफा कमाउन निकैनै समय खर्चनु पर्ने छ । पढार्इ लेखाइमा मनग्गे समय खर्चिए पनी न्युन सफलता हात लागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : पढाई लेखाइमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा बढीनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनी विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेकोछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । बौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रशन्न हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुसि हुनेछन् । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरिको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा बलियो उपस्थिती रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा विशेष सावधानि अपनाउनुहोला । आलस्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । अतिथिको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया