नेपालका स्पिनरसामु चलेनन् अमेरिकी ब्याट्सम्यान, नेपाललाई ३६ रनको झिनो लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । अमेरिकाको दशौँ विकेट पतन भएको छ । अमेरिका ३५ रनमा अलआउट भएको छ । निर्धारित ५० ओभरको खेलमा अकेरिका १२ ओभरमै ३५ रन बनाएर अल आउट भएको छ । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभर बलिङ गर्दै १ मेडन ओभर सहित १६ रन खर्चिएर ६ विकेट लिएका छन् ।

त्यस्तै सुशन भारीले ३ ओभर बलिङ गर्दै १ मेडन सहित ५ रन ४ विकेट लिएका छन् । त्यस्तै करण केसीले ३ओभर बलिङ गर्दै १ मेडन सहित १३ रन दिएका छन ।अमेरिका एक्स एम मारसल्लले दोहोरो अंक जोड्न बाहेक अन्य कुनेपनि खेलाडिले दोहोरो रन जोड्न सकेनन् ।

अमेरिकासँगको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरी टिमबाट बाहिर रहेका छन् । ललित नारायण राजवंशी टिममा अटाएका छन् ।

दुवै टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छन् । पहिला खेलमा नेपालसँग अमेरिका ३५ रनले पराजित भएको थियो ।अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमानसंग दुवै खेलमा अमेरिका पराजित भएको थियो । यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ ।

नेपाल दुवै पटक ओमानसंग पराजित भएको छ । पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको थियो ।ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?