काठमाडौं । वाग्मती प्रदेशले भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँललाई नियुक्त गरेको छ ।
तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री डोरमणि पौडेलसँगै थियो । फुयाँलले आज ४ बजे सपथ ग्रहणको गर्ने कार्यक्रम रहेको मुख्यान्त्री कार्यालयले जनाएको छ ।
फुयाँल काठमाडौंको क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी हाल नेकपा केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् ।
फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् । वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया