नेपालका ४ विद्यार्थी दक्षिण अष्ट्रेलियाको एडिलेडका एम्बेसेडर

काठमाडौं । स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबर्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसेडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ ।

मेरियट होटल, काठमाडौंमा आयोजित एक प्रिजेन्टेशन समारोहमा नेपालका ४ जना विद्यार्थीलाई एम्बेसेडर घोषणा गरिएको थियो । छनौट गरिएका ४ विद्यार्थीहरुमा काठमाडौंकी पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की रहेका छन् ।

उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार, दक्षिण अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुका अधिकारीहरु उपस्थित थिए ।

विद्यार्थी एम्बेसेडरलाई स्टडी एडिलेडले ५००० अष्ट्रेलियन डलरको उत्साजनक सर्पोट प्याकेज प्रदान गर्नेछ जसमा १५०० अष्ट्रेलियन डलर सम्मको फिर्ती टिकट, १००० अष्ट्रेलियन डलरको उपहार भउचर, व्यवसायी विकास सत्र, एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निशुल्क प्रवेश समावेश गरिएको छ । जहाँ विद्यार्थीहरु शहरको पूर्ण शैक्षिक र जीवनशैली अनुभव गने सक्षम हुनेछन् । विद्यार्थीहरुलाई आफ्नो साथीहरु, परिवार र समुदायसँग एडिलेड अन्तर्राष्ट्रय विद्यार्थीहरुका लागि

अष्ट्रेलियाकै सर्वश्रेष्ठ शहरहरु मध्य एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत शेयर गर्न प्रत्सोहान गरिन्छ ।

वर्षैदेखि नेपालबाट थुपै्र विद्यार्थीहरु उच्च शिक्षाका लागि एडिलेड जाने क्रम बढ्ढो छ, जहाँ सन् २०१९ मा २००० भन्दा बढि विद्यार्थीले अध्ययनका लागि एडिलेड चयन गरेका छन् । एडिलेडका विश्वविद्यालयमा इन्जिनियरिङ, कम्प्युटर साइन्स र आईटी नेपाली विद्यार्थीहरुको लोकप्रिय पाठ्यक्रमहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?