काठमाडौं । बच्चाहरुको लागि आमा ममताको खानी हुन् । तर केहि आमाहरु भने आफ्नै बच्चालाई मार्न पनि पछि पर्दैनन् । स्पेनमा एउटा यस्तै घटना भएको छ ।
स्पेनकी एक महिलले आफ्ना प्रेमीसँग मिले नाबालक बच्चालाई कन्टेनरमा हालेर नदीमा बगाइदिएकी छन् । २३ वर्षकी ति महिलाले डेलिभरी मार्फत् कल गरेर एम्बुलेन्स बोलाएकी थिइन् ।
जब एम्बुलेन्स आयो तब महिलासँग बच्चा थिएन । त्यसपछि घटना रहस्मय भएको भन्दै प्रहरीले ति महिलासँग सोधपुछ गर्न थाल्यो ।
पुलिसले अनुसन्धानका क्रममा ८ फेब्रुअरीमा उनले बच्चा जन्माएको पत्ता लागेको छ । तर २८ जनवरीमा उनको डेलिभरी भएको थियो ।
प्रहरीलाई ति महिलाले एक छोरालाई जन्म दिएको तर समाजका डरले गर्दा उनले आफ्नो प्रेमीसँग मिलेर नदीमा बगाएको बताएकी छिन् ।
यो घटना स्पेनको प्यालेनसियामा भएको हो । बच्चालाई मारेको भन्दै दुबैजनालाई हिरासतमा राखिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया