अरविन्द केजरीवालले फेब्रुअरी १६ मा दिल्लीको मुख्यमन्त्रीको सपथ लिने

काठमाडौं । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन् । यो सहित उनी दिल्लीको तेस्रोपटक मुख्यमन्त्री बन्न लागेका हुन् ।

सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो ।

आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो ।  दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?