काठमाडौं । वैज्ञानिकहरूले गरेको एक सर्वेक्षणमा मानिस र मुसाको सम्बन्ध धेरै पुरानो भएको तथ्य फेला परेको छ । उक्त सर्वेक्षणबाट प्राप्त गरिएको अवशेष अनुसन्धानले मुसाहरू १५ हजार वर्ष अगाडिदेखि मानिसहरुसँग रहेको पत्ता लागेको हो।
समाज कृषि युगमा प्रवेश गरेपछि नै मुसा मानिसहरूको नजिक भएको हुनसक्ने बताइएको छ । अन्न पाइने भएपछि मुसाहरू मानिसहरूको घरमै बस्न थालेको बताइएको छ ।
फ्रान्सको राजधानी पेरिसमा रहेको नेसनल डि हिस्टोरे न्याचुरल्ले म्युजियमका वैज्ञानिकले दक्षिणी लेभान्टेमा भेट्टाएको मुसाको दाँतको अध्ययन गर्दा सो प्रतिवेदन आएको थियो।
पूर्वी भू-मध्यरेखीय सागर क्षेत्रमा मुसाहरुको धेरैबाहुल्यता रहेको उक्त प्रतिवेदनबाट पत्ता लागेको छ ।
प्रतिवेदनका अनुसार बिरालो र कुकुरको अस्तित्व भन्दा अगाडि नै मुसाको अस्तित्व रहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया