महर्षि वाल्मीकिका विश्व चर्चित ९ भनाईहरु

काठमाडौं । महर्षि वाल्मीकि संस्कृतका आदिकवि तथा महान ऋषि हुन् । उनले महाकाव्य वाल्मीकि रामायणको रचना गरेका थिए ।

भगवान रामको चरित्र वर्णन गरिएको रामायणमा सत्य, मर्यादाका कुराहरु सिक्न सकिन्छ । रत्नाकर डाकुको नामबाट परिचित वाल्मीकिले रामायणलाई सबैमाझ सरल भाषामा प्रस्तुत गरेका थिए ।

१. महत्वकांक्षा भएको मन सधै रित्तो हुन्छ ।

२. जस्तोसुकै रिसमा भएपनि कसैलाई कहिल्यै अभद्र व्यवहार नगर ।

३. खतराले ढोका ढकढक्याएन भने रोमान्चक र सफलताको शुरु हुँदैन ।

४. जहाँ सहयोग र मेलमिलाप हुन्छ त्यहाँ नै धेरै शक्ति हुन्छ ।

५. समयभन्दा बलवान केहि हुँदैन ।

६. जसरी नदी बग्छ त्यसरी नै विगत पनि फर्किएर आउँदैन ।

७. कर्तव्यपालन नहुने ठाउँमा राम्रो कुरालाई पनि नराम्रो बुझिन्छ ।

८. अफ्ठ्यारो परिस्थिति नै राम्रो भाग्य हो ।

९. अरुले गर्ने नकारात्मक आलोचना सफलताको संकेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?