काठमाडौं । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको जनयुद्ध दिवस मनाउँदै छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज जनयुद्ध दिवस विशेष कार्याक्रम गरेर मनाउन लागेको हो ।
दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन्।
तत्कालिन एमालेबृत्तले जनयुद्धको स्वामित्व ग्रहण गर्न रुचि नदेखाएको भनेर आलोचना भइरहँदा पार्टी एकतापछिको दोस्रो जनयुद्ध दिवसमा भने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली कार्यक्रममा सहभागि हुँदैछन् ।
आज ९ बजे अध्यक्षद्वय ओली तथा दाहाल जनयुद्धका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुनेछन्।
धुम्बाराहीमा हुने औपचारिक कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली दुबै सहभागी हुने नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया