इतिहास बेचेर ब्याज खाने कामरेडहरुलाई शुभकामना : पूर्व बाल लडाकु लेलिन विस्ट

काठमाडौं-  तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको जनयुद्ध दिवस आज पनि विविध कार्यक्रम गरी मनाउँदै छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज जनयुद्ध दिवस विशेष कार्यक्रम गरेर मनाउन लागेको छ । यसैबीच पूर्व बाल लडाकु लेलिन विस्टले मर्मस्पर्शी भावना सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्,

ईतिहास बनाउन खोज्ने र इतिहास बेचेर ब्याज खाने कामरेडहरुलाई पनि जनयुद्द दिवसको शुभकामना ।

जनयुद्धका मूल्यमान्यता, मुद्दा र त्यसैको जगमा भएको १९ दिने जनआन्दोलनका म्यान्डेटलाई बिर्सेर खाली देखाउनका लागि मनाएको जनयुद्ध दिवसको खासै अर्थ छैन । त्यसले त खाली परम्परा मात्र थाम्ने हो । त्यसैले साँचो अर्थमा जनयुद्ध दिवस मनाऔं । जनयुद्ध किन र के का लागि भएको थियौ रु त्यसको समिक्षा गरौं, अहिले जनयुद्धका योद्धाको अवस्था के छ त्यसलाई नजिकबाट जानौं, आज जनयुद्धका योद्धाहरु किन खाडी मुलुकमा रगत पसिना बगाई रहेका छन, त्यसलाई पनि राम्ररी अध्ययन गरौं , बिगत २४ वर्षको सहि समिक्षा गर्दै अगाडि बढौं ।
फेरिपनी
२५औं जनयुद्ध दिवसको सबैमा यही शुभकामना ।

तत्कालिन एमालेवृत्तले जनयुद्धको स्वामित्व ग्रहण गर्न रुचि नदेखाएको भनेर आलोचना भइरहँदा पार्टी एकतापछिको दोस्रो जनयुद्ध दिवसमा भने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली कार्यक्रममा सहभागि हुँदैछन् ।

आज अध्यक्षद्वय ओली तथा दाहाल जनयुद्धका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुनेछन्।

धुम्बाराहीमा हुने ‍औपचारिक कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली दुबै सहभागी हुने नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?