काठमाडौं । दक्षिण भारतीय राज्य तमिलनाडुकी प्रेमा सेल्भमले आफ्ना ३ सन्तानलाई खुवाउनका लागि दुई डलरमा कपाल बेचेकी छिन् ।
गरिबीकै कारण उनका श्रीमानले आत्महत्या गरेपछि उनको यो अवस्था आएको हो । श्रीमान् नभएपछि घरको जिम्मेवारी सबै प्रेमामाथि आएको आइपर्यो ।
कपाल बेच्नुअघिसम्म पनि उनीसँग आशा थियो । तर कपालसमेत बेचेपछि उनीसँग मूल्यवान वस्तु केही रहेन । ऋण तिर्ने कुनै बाटो भएन र खानका लागि अलिकति पनि केही रहेन ।
श्रीमानको मृत्यु हुनुभन्दा अगाडि प्रेमा र उनका पतिले दक्षिणी भारतीय राज्य तमिलनाडुको इँटाभट्टामा काम गरेका थिए । पछि आफ्नै व्यवसाय गर्ने सोच गरे ।
त्यसपछि प्रेमाका श्रीमानले इँटाभट्टा शुरु गर्न ऋण लिए । तर आशा गरेजस्तो सफल हुन सकेनन् । त्यसैले गर्दा उनले गत वर्ष निराशाको एक क्षणमा आत्महत्या गरे ।
श्रीमान् नभएपछि ऋण र घरको आर्थिक बोझ प्रेमामाथि पर्यो । घरमा खान, लगाउनमात्र होइन, ईटाभट्टा खोल्न लिएको ऋण पनि उनैले तिर्नुपर्ने अवस्था सिर्जना भयो । उनी आफ्ना दुई बच्चालाई साथमा लिएर काममा लिएर जान थालिन् ।
प्रेमा भारतीय सञ्चारमाध्यामसँग भनिन् ‘जब म काममा जान्थेँ, २ डलर कमाउँथेँ, यसले मेरो परिवार चलाउन राम्रोसँग पुग्थ्यो ।’ तर म बिरामी भएँ, आर्थिक उपार्जन गर्न सकिनँ।
उनले थपिन्, ‘मैले धेरै इँटा बोक्न सकिन, ज्वरो आएपछि म धेरै समय घरमै बसेँ ।’ उनी तीन महिनासम्म बिरामी परिन्, उनका घरमा भाँडाहरु खाली भए, बिल बढ्दै गयो । ‘मेरो ७ वर्षको छोरा कालियाप्न स्कुलबाट घर आएर खानेकुरा माग्थ्यो’ उनी सम्झन्छिन् ‘केही खान नपाएपछि उ रुन थाल्थ्यो ।
’प्रेमासँग सम्पत्तिको नाममा केही थिएन । कुनै गहना थिएनन्, बहुमुल्य चीज थिएन, जुन साटेर पैसा प्राप्त गर्न सकिन्थ्यो ।
‘मसँग १० रुपैयाँको नोटसम्म पनि थिएन, मसँग बाँकी केही प्लास्टिकका बकेट्स मात्र थिए’ उनले भारतीय सञ्चार माध्यामसँग भनिन्, ‘आफूसँग केही भएपनि त्यसलाई बेच्न सक्थेँ ।’ ‘त्यहीबेला मैले कपाल किन्ने पसल सम्झेँ’, प्रेमाले भनिन्, ‘साथसाथै आफ्नो कपाल पनि सम्झेँ ।’ मानिसको कपाल निर्यात गर्ने विश्वका देशमा भारत शीर्ष स्थानमा पर्छ, जुन विश्वका धेरै भागमा विक्री हुन्छ ।
भारतका केही हिन्दूहरुले मन्दिरमा आफ्नो कपालको ‘बलि’ नै दिन्छन् । ‘म त्यहाँ आफ्नो कपाल बेच्न गएँ र १ सय ५० रुपैयाँ लिएँ’ प्रेमाले भनिन् ।
यो त्यति ठूलो रकम त होइन । तर, त्इसबाट गाउँमा उनले आफ्ना लागि आवश्यक धेरै कुरा किन्न सकिन् । ‘मैले तीन बच्चालाई तीन प्याक चामल किनेँ, जसलाई प्रति प्याकेट २० रुपैयाँ पर्दथ्यो’ उनले भनिन् ।
तर, यसले केही समयका लागि मात्र सहयोग गर्थ्यो । बाँकी अवधिका लागि पेट पाल्ने अर्को कुनै विकल्प छैन भन्ने प्रेमालाई पनि थाहा थियो । उनीसँग कुनै विकल्प थिएन ।
त्यसैले, उनले विकल्पबारे सोच्न थालिन् । निराश मन लिएर एकदिन प्रेमा पसल पुगिन् र केही सामान किन्न खोजिन् । उनले खोजेको त्यो यस्तो वस्तु थियो, जसले उनको जीवनकै अन्त्य गरिदिन सक्थ्यो ।
उनको निराशा र मनस्थिति बुझेर पसलेले केही पनि दिएन । प्रेमा घर फर्किइन् र फेरि आत्महत्या गर्ने अरु नै उपाय सोच्न थालिन् । यसपटक उनलाई घरनजिकै बस्ने आफ्नै बहिनीले बचाइन् ।
केही दिनपछि नै उनको जिन्दगीमा नसोचेको परिवर्तन आयो । बाला मुरुगनले एक साथीबाट प्रेमाको अवस्थाबारे सुने । प्रेमाको कथा सुनेर उनी निकै दुखी भए ।
प्रेमाको संघर्ष र बालाको परिवारको कथा उस्तै–उस्तै थियो । जब बाला १० वर्षका थिए, उनको परिवारले पनि गरिवीको नमीठो पीडा भोग्नु परेको थियो ।
यसकारण पनि उनलाई राम्रोसँग थाहा थियो, गरिबीले मानिसलाई कसरी निराश बनाउँछ भनेर । घरमा खानेकुराको अभाव हुँदा उनकी आमाले चामल किन्नको लागि पुराना किताब र पत्रिकाहरु बेच्नु पर्दथ्यो।
घरमा मूल्यवान वस्तु केही नभएपछि भोक र निराशाका कारण बालाकी आमाले बच्चासहित आत्महत्या गर्ने निर्णय गरेकी थिइन् । तर उनलाई तत्काल परिवारले अस्पताल पुर्याएर बचाएका थिए ।
बाला आफू हुर्किएका भन्दा अहिले फरक स्थितिमा बाँचिरहेका छन् । वर्षौदेखिको संघर्षपछि उनले आफ्नो गरिवीबाट मुक्ति पाएका छन् ।
बालाको अहिले एउटा कम्युप्टर ग्राफिक्स केन्द्र छ । विश्व बैंकका अनुसार भारत विश्वको दोस्रो देश हो, जहाँ उच्च गरिवीमा रहेको जनसंख्या धेरै छ, त्यहाँ करोडौँ मानिसको कमाई प्रतिदिन १ डलरभन्दा कम छ ।
बालाले प्रेमालाई आफ्नो जीन्दगीको दुःखद यात्राको बारेमा बताएर उनलाई पनि संघर्षका लागि प्रोत्साहित गरे । बालाका साथै उनका साथी प्रभुले प्रेमालाई खानेकुरा किन्न केही पैसा दिए ।
बालाले आफ्नो सामाजिक सञ्जालमा यस घटनाबारे लेखे पनि । सामाजिक सञ्जालमा लेखिएको कुरा पढेपछि प्रेमालाई सहयोग गर्न धेरै मानिसहरु आए । केही दिनमै १ हजार ६ सय ७० डलर जम्मा भयो । यो रकमले प्रेमालाई ऋण तिर्न सजिलो भयो । उनी खुसी भइन् ।
अब उनले आफू काममा फर्किन चाहेको र आफै कमाएर बाँकी रहेको ऋण फिर्ता गर्ने बताईन् । आफै काम गरेर आर्जन गर्न चाहेको बताउँदै उनले आफ्ना लागि रकम नपठाउन पनि आग्रह गरिन् ।
त्यसैले, उनलाई आउने सहयोग आउन छाड्यो । उनले तिर्न करिब १० डलरमात्र बाँकी छ, जिल्लाका केही अधिकारीहरु आएर उनलाई दुधको डिलर स्थापना गर्न सहयोग गर्ने बताएका छन् ।
प्रेमा विस्तारै आफ्नो खुट्टामा उभिन थालिन् । तर दुखको कुरा, उनको आर्थिक स्थिति अझैपनि सन्तोषजनक छैन । भारतको आर्थिक वृद्धिको बावजुद पनि प्रेमाजस्तै लाखौँ मानिसहरु खानका लागि संघर्ष गरिरहेका छन् ।
गरिबी त एकातिर छँदै थियो । तर प्रेमाको जीवनको बाटोमा अर्को पनि बाधा थियो, करोडौँ भारतीयहरु जस्तै उनलाई पनि पढ्न, लेख्न आउँदैनथ्यो ।
भारत सरकारले विपन्न वर्गलाई लक्षित गरी ल्याएका विभिन्न सरकारी योजनाका बारेमा प्रेमाहरुलाई जानकारी नै हुँदैन । यसैबीच, भारत सरकारले मुलुकलाई बैंकिङ प्रणालीको जटिल नियमहरुले गरिव समुदायलाई न्युनतम ब्याजमा ऋण लिन झन् अप्ठ्यारो बनाएको छ ।
यही कारण पनि प्रेमा र उनका श्रीमानले स्थानीय व्यक्तिहरुबाट उच्च ब्याजदरमा ऋण लिएका थिए, यसैले उनलाई ऋणको भुमरीमा घुमाएको थियो ।
तर, समुदायले उनीप्रति देखाएको उदारता उदाहरणीय छ । गरिवीले ट्रयापमा परेकी प्रेमालाई यो दुखद परिस्थितिबाट बाहिर निस्किन सहयोग पुर्याएको छ ।
‘मैले महसुस गरेँ कि आत्महत्या गलत निर्णय थियो’ उनी भन्छिन्, ‘म बाँकी ऋण आफै कमाएर तिर्न सक्छु भन्नेमा विश्वस्त छु ।’
बिबिसीका अनुसार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया